दर्शक बीना शुरु हुँदै बुन्डेसलिगाको सुरुवाती खेल



एजेन्सी– बुन्डेसलिगाको सुरुवाती खेल दर्शक बिना खेलाईने भएको छ । जर्मन सरकारले अक्टोबरको अन्तिमसम्म दर्शकलाई रंगशाला प्रवेशमा निषेध गर्ने भएपछि दर्शक बिना खेल हुने भएको हो । जर्मन बुन्डेसलिगाको नयाँ सिजन सेप्टेम्बर ११ बाट सुरु हुदैछ । जर्मनमा यसबर्षको अन्तिमसम्म ठुलो महोत्सवमा आम सर्वसाधारणलाई जान रोक लगाईएको छ ।

जर्मनको एक राज्य बाभारियाका प्रधानमन्त्री मार्कुस सोडरले सेप्टेम्बरमा दर्शक सहित फुटबल सुरु गर्नुको कुनै अर्थ नहुने बताएका छन् । उनले संक्रमितको संख्या बढेको खण्डमा गलत सन्देश जाने बताए । कोरोना महामारीका कारण अबरुद्ध गत सिजन जर्मनमा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्