चितवनमा ४९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



चितवन : चितवनमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा हेटौँडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

मृगौला रोगबाट पीडित ती महिलाको कोभिड आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा कोरोनाबाट नौ जनाको मृत्युु भएको छ । जसमा चितवन जिल्लाका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना छन् ।

प्रकाशित : भदौ १३, २०७७

प्रतिक्रिया दिनुहोस्