चितवनमा बाराकी कोरोना संक्रमित महिलाको मृत्यु



चितवन : चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

शनिबार बिहान बाराको निजगढ–७ बस्ने ४७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशन डा. दयाराम लम्सालले जानकारी दिए ।

गत साउन २६ गते सीएमसी भर्ना भएकी महिलाको शनिबार बिहान ७ बजेर ५३ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृगौलासम्बन्धी पीडित ती महिलाको सीएमसीमा डायलसिस भएको थियो । श्वासप्रश्वासमा जटिलता देखिएपछि परीक्षण गरेर हेर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकेको अस्पतालको भनाइ छ ।

सीएसीमै शुक्रबार बिहान मात्रै पनि एकजना संक्रमितको निधन भएको थियो । चितवनमा हिजो मात्रै तीनजना संक्रमितको ज्यान गएको थियो ।

चितवनमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रकाशित : भदौ १३, २०७७

प्रतिक्रिया दिनुहोस्