प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच शनिबार साँझ भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा बाढी पहिरोबाट विस्थापित सिन्धुपाचोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको जनाइएको छ ।

सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौति क्षति एवं अस्थायी बसोबासको प्रबन्धबारे भेटमा सभामुृख सापकोटाले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्