कामना सेवा विकास बैंकका ग्रहकले पीसीआर परीक्षणमा छुट पाउने



काठमाडौं : कामना सेवा विकास बैंकका ग्रहकहरुले पीसीआर परीक्षणमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई पीसीआर परीक्षणमा छुट प्रदान गर्नका लागि सूरिया हेल्थ केयरसँग सहकार्य गरेको छ ।

सूरिया हेल्थ केयरसँग सहकायपछि बैंकका ग्राहकले विशेष छुटका साथ सहुलियत दरमा पीसीआर परीक्षणको सुविधा पाउने भएका हुन् ।

बैंक र हेल्थ केयरको सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमणसम्बन्धी गरिने पीसीआर परीक्षण गर्दा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्