जंगी अड्डामा कार्यरत एक जवानद्वारा आत्महत्या



काठमाडौं : जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेका छन् ।

आइतबार बिहान २ बजेर ४५ मिनेटमा आफूले बोकेको हतियार प्रयोग गरि जवानले आत्महत्या गरेका हुन् ।

सो घटना सम्बन्धी जवानको नजिकका नातेदारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी शव पोष्टमार्टम गर्न त्रि.वि.शिक्षण अस्पतालमा पठाइएको नपाली सेनाले जनाएको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृतक जवान तनहुँ रानीपोखरीका हुन् ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्