प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण



विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।

आइतबारदेखि लगातार पखाला लागेको र सोमबार ज्वरोसमेत आएपछि मन्त्री घिमिरेको सोमबार बिहान स्वाब संकलन गरिएको थियो । सोमबार साँझ मन्त्री घिमिरेलाई कोरोना पोजेटिभ पुष्टि भएका हो ।

उनको परिवारको पनि स्वाब संकलनको तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्