एक हजार ३५७ स्थानमा सिसी क्यामरा जडान,अपराधका घटनामा दोषी पत्ता लगाउन सहज



काठमाडौँ : नेपाल प्रहरीले देशका एक हजार ३५७ स्थानमा सिसी क्यामरा जडान गरेको छ । अपराध नियन्त्रण गर्ने उद्देश्यले आर्थिक वर्षदेखि अहिलेसम्म विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सातै प्रदेशका संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ मा १५७, प्रदेश नं २ मा १९१, प्रदेश नं ३ मा ८५, गण्डकी प्रदेशमा १४५, प्रदेश नं ५ मा २२५, कर्णाली प्रदेशमा २१२ र सुदूरपश्चिम प्रदेशका १६५ स्थानमा क्यामरा जडान भएका छन् । महानगरीय प्रहरी कार्यालयअन्तर्गत १७७ स्थानमा सिसी क्यामरा जडान गरिएको छ । 

उनले सिसी क्यामराका कारण गम्भीर अपराधका घटनामा दोषी पत्ता लगाउन सहज भएको उल्लेख गर्दै प्रहरीले अन्य क्षेत्रमा समेत क्यामरा राख्ने योजना बनाएको बताए । अहिलेसम्म विभिन्न सङ्घसंस्थाको सहयोगमा एक हजार १२३ र प्रहरीको आफ्नै बजेटबाट २३४ स्थानमा क्यामरा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्