सेतो मच्छिन्द्रनाथको रथ व्यवस्थापन गर्न समिति गठन



काठमाडौँ : वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा व्यवस्थापनका लागि समिति गठन गरिएको छ । काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गरिएको हो । 

जात्रा व्यवस्थापनका लागि स्वयंसेवक, सुरक्षा, रथ व्यवस्थापन, अतिथि सत्कार, रथ निर्माण रेखदेखलगायत उपसमिति पनि गठन गरिएको संयोजक शाक्यले जानकारी दिए ।

महानगरपालिकाको कार्यालयमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा बसेको बैठकले समिति गठन गरेको हो । चैत्र शुक्ल अष्टमीका दिन सुरु गरिने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा यस वर्ष यही चैत ३० गतेदेखि सुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्