भदौ २३ गते लक्ष्मी इक्विटी फन्टले बुक क्लोज गर्ने



काठमाडौं : लक्ष्मी इक्विटी फन्टले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ ।लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको फन्डले बुक क्लोज भदौ २३ गतेको मिति तोकेको हो ।

फन्डले घोषणा गरेको ४.२५ प्रतिशत लाभांश भदौ २२ गतेसम्म कायम लगानीकर्ताले पाउनेछन् ।

लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ४.२५ दशमलव नगद लाभांश दिन लागेको हो ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्