लक्ष्मी इक्विटी फण्डको बुक क्लोज मिति तोकियो



काठमाडौंः लक्ष्मी इक्विटी फण्डले बुक क्लोजको मिति तोकेको छ ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजले मिति तोकेको हो ।

लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको फण्डमा भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्ने भएका छन् ।

यस योजनाले भदौ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने छ । फण्डले ४.२५ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ सो दिन बुकक्लोज गर्न लागेको जनाएको छ ।

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्