चट्याङ लागेर मकवानपुरमा एक जना घाइते



मकवानपुर :  चट्याङका कारण मकवानपुरमा एक जना घाईते आइबार राति हावाहुरीसँगै चट्याङ पर्दा गढी गाउँपालका ५ का १९ बर्सेनिराजन हुमागाइँ घाइते भएका छन्।

राति नाै बजेतिर परेकाे चट्याङबाट घरको कोठाभित्रै बसिरहेका उनी घाइते भएका हुन्। उनको हेटौंडा अस्पतालमा उपचार भइरहको मकवानपुर प्रहरीले जनाएकाे छ। उनका अनुसार हावाहुरी र चट्याङबाट परेको क्षतिबारे तथ्यांक संकलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्