आज सुदूरपश्चिम प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिए



धनगढी: आज (मंगलबार) सुदूरपश्चिम प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न स्थानबाट संकलन गरिएका ५३५ स्वाब नमुनामध्ये ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालबाट सार्वजनिक गरिएको सूचना अनुसार डडेल्धुरा गन्यापधुरा गाउँपालिकाका २, अछाम पञ्चदेवल नगरपालिकाका ५ ,बैतडीका पुर्चौडी नगरपालिका १, मेलौली नगरपालिका २ र शिगास गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी बझाङ वित्थडचिर गाउँपालिकाका २, बुड्डल नगरपालिकामा १४, छत्तिसपाथीभरा गाउँपालिका २, केदाश्यु गाउँपालिका १६ र थलारा गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । स्वाब संकलन गरिएका ५३५ नमूनामध्ये ५६ नमुनाको रिपोर्ट पोजिटिभ र ४७९ नमूना नेगेटिभ देखिएको डडेल्धुरा अस्पताल (कोभिड-१९) परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिएका छन् ।

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्