जिल्लाहरुबाट प्राप्त सुझाव यथाशीघ्र कार्यान्वयन गर्ने मुख्यमन्त्री राउतको प्रतिबद्धता



जनकपुरधाम: प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका लागि आठ वटै जिल्लाहरुबाट प्राप्त सुझावहरु यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज ९मंगलबार० धनुषा र महोत्तरीका सरोकारबलाहरुसँग महामारी नियन्त्रणका लागि चाल्नुपर्ने कदमहरु बारे सुझाव लिन बर्दिबासमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भईरहेको प्रयास र अगामी दिनमा चाल्नुपर्ने कदम बारे आठ वटै जिल्लाका सरोकारबालाहरुले दिएको सुझावहरु कार्यान्वयनको चरणमा रहेको बताए ।

अहिले गफ गर्ने समय नभई काम गर्ने समय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने,‘ जनता बाँचे पछि मात्र विकास गर्ने हो, अहिलेको समयमा जनताको ज्यानको रक्षा गर्न हामी सबै जुटौं ।’
कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले महामारी नियन्त्रणका लागी जनचेतना नै सबैभन्दा ठुलो हतियार बन्ने भएकोले त्यसमा जुटन सबैसँग आग्रह गरे ।

कार्यक्रममा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा।सुरेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, बर्दिवास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की, सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादव सहितकाहरुले आ–आफ्नो धारणा राखेका थिए । त्यस्तै धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नुपर्ने कदम बारे बोलेका थिए ।

कार्यक्रममा दुबै जिल्लाका सुरक्षा अधिकारी र अस्पताका मेसुहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशितः १६ भदौ,२०७७

प्रतिक्रिया दिनुहोस्