उपनिर्वाचन : बझाङमा काँग्रेसको अग्रता



काठमाडौँ । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली काँग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो ।

तेस्रा स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् । राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्