बंगलादेशी समकक्षीलाई प्रधानमन्त्री ओलीको फोन, युरिया मल दिन अनुरोध



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) दिउँसो बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोनमा कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध गरेको प्रधानमन्त्री ओलीले ट्वीटरमा जानकारी दिएका हुन् ।

‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो । यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ,’ ओलीले लेखेका छन् । नेपालमा यसपालि धानमा हाल्ने रासायनिक मलको हाहाकार छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार यसपालि ५० हजार मेट्रिक टन युरिया मल ल्याउन २ कम्पनीसँग सम्झौता गरिए पनि अहिलेसम्म उनीहरूले मल ल्याउन सकेका छैनन् । टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री हसिनासँग दुई पक्षीय व्यापार, उर्जा र ट्रान्जिटलगायतका विषयमा सहकार्यलाई थप मजबुद् बनाउने विषयमा कुरा भएको उनले उल्लेख गरेका छन् ।

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्