आज बुधबारको यस्ताे छ मौसम पूर्वानुमान



काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार हाल पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा छ।

हाल गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थौरै स्थानहरुमा र बागमती प्रदेशका भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्