घट्यो सुनको मूल्य



काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा १ हजार २ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्