कैलालीमा निषेधाज्ञा खुकुलो पार्ने तयारी



धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको छ ।

भदौ ४ गते मध्येरातीदेखि जारी निषेधाज्ञालाई भदौ १९ गतेदेखि खुकुलो पार्ने प्रशासनले तयारी गरेको हो । प्रशासन कार्यालयले भदौ १९ गतेपछि कसरी जाने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ ।

केही सेवाबाहेक अन्य सेवा सुचारु गर्ने तयारी भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, स्थानीय तह लगायतसँग छलफल जारी रहेकोले छलफलबाट आउने निष्कर्षलाई आधार मानेर निर्णय गरिने उनले बताएका छन् ।

जिल्लामा कोरोनाको संक्रमण बढेपछि प्रमुख जिल्ला अधिकारी बोहोराले गत भदौ ४ गते मध्येरातिदेखि लागू हुने गरी पहिलो पटक भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेका थिए । सुरुमा १० दिनका लागि निषेधाज्ञा जारी भएको र पछि ५ दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको थियो ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्