कैलालीमा निषेधाज्ञाको मोडालिटी परिवर्तन



धनगढीः कोरोना रोकथामका लागि कैलालीमा जारी गरिएको निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ ।

जिल्लामा निषेधाज्ञा लम्बाईएको छ तर वभिन्न सेवा भने सञ्चालन गर्न पाईने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेशमा भदौ १९ गते देखी भदौ ३१ गते सम्म निषेधाज्ञा लम्बाईए पनि निषेधाज्ञालाई भने धेरै खुकुलो पारीएको छ ।

१९ गते मध्यराति देखि ५० प्रतिशत यात्रु बोकी सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने तथा विहान ५ बजे देखि बेलुका ७ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाईने भएको छ ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्