झुण्डिएर आत्महत्या गरेकी महिलामा कोरोना संक्रमण पुष्टि



जनकपुरधाम : झुण्डिएर आत्महत्या गरेकी महोत्तरीकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहान झुण्डिएर आत्महत्या गरेकी बर्दिबास नगरपालिका–३ गौरीडाँडाकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । तर, उनको आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।

मृतकको घरका अन्य तीन जनामा भदौ ११ गते कोरोनाको संक्रमण पृष्टि भएको थियो । यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्