ट्राफिक प्रहरीलाई कुट्ने ९ जना पक्राउ



काठमाडौं : ललितपुरको पुल्चोकमा बिहिबार दिउँसो ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा ९ जना पक्राउ परेका छन् ।

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि केहि युवाहरुको समूहले प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेका थिए । त्यसमा संग्लन रहेका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

पक्राउ परिएकालाई अहिले क्वारेन्टिनमा राखिएको छ । पीसीआर परिक्षणपछि कानुनी कारबाही अघि बढाइने तयारी गरिएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै बिहिबार दिउँसो युवाहरुले रातो मत्स्येन्द्रनाथको रथ तानेका थिए । सयौंको भिडलाई रोक्न गर्ने क्रममा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्