प्रदेश २ : शुक्रबार २ जना संक्रमितको मृत्यु, १६९ नयाँ संक्रमित थपिए, १०५ डिस्चार्ज



जनकपुरधाम: प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु हुनुका साथै १ सय ६९ जना संक्रमित थपिएका छन् । योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ भने संक्रमितको संख्या १० हजार ९ सय ७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिए ।

आज भारतको आन्ध्रप्रदेश राज्यको विशाखापटनम घर भई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ रमदैयामा बस्दै आएका ६२ वर्षीय एक पुरुष र सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–७ का ४८ वर्षीय पुरुष गरि २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १६ महिला र ८२ पुरुष गरि ९८ जनाको मृत्यु भईसकेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३६, बारामा १५, धनुषामा १३, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै यस प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ महिलासहित १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार महोत्तरीका ४३, सप्तरीका ३५, धनुषाका ३४, पर्साका २६, बाराका १९, सिरहाका १०, सर्लाहीका १ र रौतहटका १ जना संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ९ सय ७७ पुगेको छ । संक्रमितमध्ये ९ हजार २ सय ५७ पुरुष र १ हजार ७ सय २० महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय ६९ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ चिकित्सक डाक्टर यादवले बताए ।

महोत्तरीको जलेश्वर नगरपालिकामा ९ जना, भंगहा नगरपालिकामा २४, सम्सी गाउँपालिकामा १, पिगौनामा १, पिपरामा १, लोहारपट्टी नगरपालिकामा ५, महोत्तरी गाउँपालिका र औरहीमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सप्तरीको भिमदलमा ८, महादेवा गाउँपालिकामा २, तिरहुत गाउँपालिकामा ३, अग्निसाइर कृष्णसावरन गाउँपालिकामा १, जिल्ला प्रहरी कार्यालयमा २, कारागारमा ६ जना र राजविराज नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको जनकपुरधाममा १, शहिदनगर नगरपालिकामा १, प्रादेशिक अस्पतालमा रहेका जनकपुरधामका ३, बैलबासका १ जना, जनकपुरधाम घर भई नगराईन नगरपालिमा रहेका १, स्वास्थ्य कार्यालयका १, धनुषाधाम नगरपालिकाका १, गणेशमान चारनाथ नगरपालिकाका १, क्षीरेश्वरनाथ नगरपालिकामा १, नगराईन नगरपालिकामा २२ र विशाखापटनम घर भई हाल महेन्द्रनगरमा रहेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगंजमा ५, आदर्शनगरमा २, पानीटंकीमा १, भिस्वामा १, पिपरामा २, मनियारीमा २, घडिअर्वामा १, कालिकामाई गाउँपालिकामा ३, सखुवा प्रसौनी गाउँपालिकामा ३, पटेर्वा सुगौली गाउँपालिकाका १, नाबिल बैँकका कार्यरत्त ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ४, नीजगढ नगरपालिकामा ५, कामना विकास बैँकमा १, ईलाका प्रहरी कार्यालय नीजगढमा ५, एपिएफ पिलुवा निजगढमा २ र कलैया उपमहानगरपालिकाको बेहारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहाको श्री गण चोहर्वा ब्यारेकमा ७ र ठाउँ नखुलेको स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सर्लाहीको ईश्वरपुर नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।
प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा १४ हजार ९ सय २२, सिरहामा ८ हजार १ सय ३१, धनुषामा ११ हजार ६ सय ३५, महोत्तरीमा ६ हजार ३ सय ६, सर्लाहीमा १२ हजार ४, रौतहटमा २१ हजार ४ सय ४२, बारामा ९ हजार ५ सय १८ र पर्सामा १९ हजार ५ सय १२ गरि जम्मा १ लाख ३ हजार ४ सय ७० जनाको स्वाब परिक्षण गरिएकोमा १० हजार ९ सय ७७ जना संक्रमित भएका छन् भने ८७ हजार ४ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार १ सय ९७, सिरहामा ४ सय ८०, धनुषामा ३ सय ८०, महोत्तरीमा २ सय ७५, सर्लाहीमा ९ सय, रौतहटमा ८ सय ६०, बारामा ५ सय ७४ र पर्सामा ४ सय ५ गरि कुल ५ हजार ७१ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा २ सय १७, सिरहामा ३ सय ११, धनुषामा ६६, महोत्तरीमा ४९, सर्लाही ९७, रौतहटमा ४ सय ८, बारामा २ सय २ र पर्सामा २ सय ९८ गरि १ हजार ६ सय ४८ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ९ सय ९२ बेड क्षमताको १ सय ७७ वटा क्वारेन्टाइनमा अहिले ५ सय ६८ जनालाई राखिएको छ भने १ हजार ६ सय ८० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १७ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय २९, सिरहामा १ सय २१, धनुषामा ४१, महोत्तरीमा ४३, सर्लाहीमा ७५, रौतहटमा २६, बारामा ८४ र पर्सामा ४ सय ७० गरि ९ सय ८९ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा ६९, सिरहामा ३, धनुषामा ७ सय ५७, महोत्तरीमा ८ सय ३९, सर्लाहीमा ८ सय १७, रौतहटमा ८ सय २, बारामा ५ सय २१ र पर्सामा ७ सय २३ गरि ४ हजार ५ सय ३१ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ३ सय ३५ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ७ सय ३१, रौतहटमा १ हजार ७ सय १, सर्लाहीमा १ हजार ६ सय ४५, महोत्तरीमा १ हजार ३ सय ४५, बारामा ९ सय ५७, सप्तरीमा ८ सय ४१ र सिरहामा ४ सय २२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ सय ५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका २१, सिरहाका ८, रौतहटका ४० र पर्साका ३६ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ६ सय ३५, सिरहाका ३ सय ३१, धनुषाका ९ सय २१, महोत्तरीका ४ सय ५३, सर्लाहीका ७ सय ५०, रौतहटका ८ सय ६८, बाराका २ सय ९६ र पर्साका १ हजार १ सय ५ गरि ५ हजार ३ सय ५९ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः १९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्