अल्का अस्पतालकी कर्मचारीको हत्या आशंकामा एक जना पक्राउ



काठमाडौंः ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारीको शव मूलडोलस्थित लेलेको जंगलमा फेला परेको छ ।

शुक्रबार राति अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको हो । उनको हत्याको आशंमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या आशंकामा भतिजा निर्मल केसी पक्राउ परेका छन् । शुक्रबार राति नै उनको शव फेला परे पनि राति भएको हुँदा शवको मुचुल्का शनिबार बिहान मात्रै उठाइएको थियो ।

केही दिन अघि उनी हराएको निवेदन ललितपुर परिसरमा परेको थियो । शवलाई पोष्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ । केसीको शरीरमा अन्य चोट पटक देखिएको छैन भने पोष्टमार्टमपछि विस्तृत जानकारी आउने बताइएको छ ।

प्रकाशितः २० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्