डडेल्धुरामा अरिङ्गालले टोक्दा बालिकाको मृत्यु



डडेल्धुराः डडेल्धुरामा अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिक-३ मा ज्ञानेन्द्र धामीकी साढे ३ वर्षकी छोरी नविना धामीको अरिङ्गालले टोक्दा मृत्यु भएको हो ।

आफन्त रघुवीर धामीका अनुसार अरिङ्गालले टोकेर बिरामी भएकी बालिकालाई उपचारका लागि लग्दै गर्दा शनिबार बिहान मृत्यु भयो । बालिकालाई करिब २०-३० वटा अरिङ्गालले टोकेका थिए ।

|प्रकाशितः २० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्