घट्यो सुनको भाउ



काठमाडौं : सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको तोलाको ९६ हजार एक सय रुपियाँमा कारोबार भएको हो । आइतबार नै तेजाबी सुनको मूल्य तोलाको ९५ हजार छ सय रुपियाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोलाको ९६ हजार चार सय रुपियाँ रहेको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९५ हजार नाै सय रुपियाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्