मलको ठेक्का सम्झौता रद्द, कालो सूचीमा राख्ने तयारी



काठमाडौं : तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले रसायनिक मल समयमा आपूर्ति नगर्ने दुई कम्पनी माथि कारवाही गरेको छ । यसअघि सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइराला होनिको मल्टिपल प्रालीसँग भएको गत अप्रिलमा भएको सम्झौता खारेज गरेको हो ।

५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

तर उनीहरूले आपूर्ति गर्न नसकेकाेले निजहरुको बैंक ग्यारेन्टी रोक्का तथा कालो सूचीमा राख्नेलगायतका कारवाही बढाएको कृषिमन्त्री घनश्याम भुषालले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस वर्ष किसानले समयमा मल नपाएर मलका घण्टौंसम्म लाइनमा बस्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्