प्रदेश २ प्रहरी प्रमुखमा डीआईजी हरिबहादुर पाल



 तस्वीर हरि पालकाे फेसबुकबाट

जनकपुरधाम : प्रहरी प्रधान कार्यालयले प्रदेश २ को प्रहरी प्रमुखकाे रुपमा डीआइजी हरिबहादुर पाल पठाउने भएकाे छ । साविक दरबन्दी प्रहरी कार्यालय अन्वेषण याेजना निर्देशनालय नक्साल भएका डीआइजी पदस्थापन गरेर प्रदेश २ को प्रहरी प्रमुखकाे रुपमा पठाइएकाे हाे । 

 

यसैबीच प्रदेश २ प्रहरी प्रमुखका रहेका दिनेश अमात्यलाई केन्द्रिय लागू औसध व्यूरोको जिम्मेवारी दिएको संघीय प्रहरी कार्यालय प्रदेश २ का सूचना शाखा प्रमुख डीएसपी दान बहादुर थापाले जानकारी दिए ।

 

 गत जेष्ठ महिनादेखि प्रदेश २ काे कमाण्ड सम्हालेका अमात्यले झन्डै पाँच महिनापछि सरुवा भएका हुन् । 

 

संघीयता अाएसँगै पहिलो पटक प्रदेश २ को प्रहरी प्रमुखमा एआईजी विजय कायस्थ लामो समय प्रदेशको जिम्मेवारी पूरा गरी गएका थिए  र त्यसपछि प्रदेशको प्रहरी प्रमुख भएर पहिलो पटक डीआईजीको रुपमा दिनेश अमात्य आएका थिए ।

प्रतिक्रिया दिनुहोस्