सुन्दर सुदूरपश्चिम यातायातले व्यवसायी र मजदुरको कोरोना बिमा गर्ने



धनगढीः सुन्दर सुदूरपश्चिम यातायात प्रा.लिले आफ्ना व्यवसायी र मजदुरको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

प्रा.लीका अध्यक्ष पदम सापकोटाले दिएको जानकारी अनुसार प्रालिमा आवद्ध व्यवसायी र मजदुर गरी १५ सय जनाको बिमा गर्ने निर्णय गरेको हो ।

‘कोरोना महामारी कारण दैनिक संक्रमित बढीरहेको र ठूलो जोखिम भईरहेको हुँदा सुन्दर सुदूरपश्चिम यातायात प्रालीले बिमा गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘सम्पूर्ण व्यवसायी र मजदुरहरुलाई भदौ मसान्तसम्म सम्पर्क राख्न आग्रह गरेका छौँ ।’

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्