सेती प्रादेशिक अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा थप ७४ जनामा कोराना पुष्टि



धनगढीः सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ७४ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७४ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमण पुष्टी हुनेमा सबै भन्दा बढी कैलालीको लम्की चुहा नगरपालिकाका ६३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन् ।

उनका अनुसार धनगढी उप-महानगरपालिका वडा नं. का ४ जना, वडा नं.२ का २ जना, वडा नं. १३ का १ जना, घोडाघोडी नगरपालिकाका १ जना, र कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्