पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना संक्रमण हुँदा ११ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा थप ३ सय २६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३ सय २६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतम अनुसार काठमाडौंका २ सय ९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

यस्तै ३० हजार ६ सय ७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : भदौ २२, २०७७

प्रतिक्रिया दिनुहोस्