घट्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्