आइसोलेसन बनाउन महानगर तयार छ : मेयर रेणु दाहाल



भरतपुर : भरतपुर महानगरपालिकाले आवश्यक परेको खण्डमा तत्कालै आइसोलेसन स्थापना गर्ने बताएको छ ।

केहीदिन अघि भरतपुर–१ मा७५ शय्याको आइसोलेसन स्थापना गरेको जानकारी दिँदै भरतपुर महानगर प्रमुख मेयर रेणु दाहालले हालका लागि उक्त आइसोलेसन पर्याप्त रहेकोर आवश्यक परेको खण्डमा तत्कालै सोही स्थानमा थप गर्न सकिने बताएकी हुन् । दुई सय शय्यासम्म थप्न सकिने उनको भनाइ छ ।

केहीदिन अघि भएको महानगरको ४६ औं पूर्ण बोर्ड बैठक कोरोना महामारीमा केन्द्रित रही आयोजना गरिएको थियो ।

भर्चुअल विधिबाट आयोजना गरिएको उक्त बैठकमा बोल्दै मेयर दाहालले महानगरवासीको स्वास्थ्य सुरक्षाको विषय महत्वपूर्ण भएकाले यसका लागि महानगरले कुनै पनि कसर बाँकी नराख्ने बताइन् ।

बोर्ड बैठकले भरतपुर महानगर कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालन कार्यविधि पारित गरेको उनले बताइन् ।

प्रकाशित : भदौ २३, २०७७

प्रतिक्रिया दिनुहोस्