लागूऔषधको कारोबार गर्ने ३ जना पक्राउ



काठमाडौंः लागूऔषधका कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बाह्रविसे ७ का ३६ वर्षीय विष्णु प्रधान, सिन्धुपाल्चोक, बाह्रविसे न.पा.वडा नं.७ का ३७ वर्षीय डम्बर बहादुर प्रधान र सिन्धुपाल्चोक, भोटेकोशी गा.पा.वडा नं.५ का ३२ वर्षीय शंकर खड्का रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले डाईजापाम-२९५० एम्पुल, नाईट्रोभेट-३००० एम्पुल, Promathazine -२९५० एम्पुल, Buprenorphine-१५०० एम्पुल, Noophin -१४०० एम्पुल बरामद गरेको छ ।

ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागूऔषध ओसार पसार गरी भक्तपुरको सल्लाघारी एरियामा कारोवार गर्ने गरेको सूचना प्राप्त भएपछि महाशाखा तथा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले आज विहान उनीहरुलाई पक्राउ गरेको हो ।

सल्लाघारीस्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनारामा ना.३ ख.९८९ नं.को कन्टेनर रोकी राखेको अवस्थामा जाँच गर्दा कन्टेनरको चालकको सिट मुनी रहेको जेब्रा झोला थान १ र चालकको संगैको सिट मुनी रहेको जेब्रा झोला थान १ फेला पारी खानतलासी गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर भक्तपुरमा पठाईएको छ ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्