एक हजार १० जनाको कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि



धनगढीः सुदूरपश्चिम प्रदेशमा आज एक हजार १० जनाको कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा मंगलबार थप १० जनामा कोरोना पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ७ सय ८८ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टि हुनेमा कैलालीका लम्की चुहा नगरपालिकाका वडा नं.१ का १ जना वडा नं.२ का १ जना धनगढी वडा नं.८ का २ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा नं.१८ का ५ र वडा नं.५ का १ जनालाई संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उता डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले १ सय ३५ जनाको मात्रै कोरोना परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ६९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ६६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १४ जना संक्रमितको मृत्यु भैसकेको छ ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्