बाटो छेकेर लुटपाट गर्ने पक्राउ



काटमाडौंः शंखरपुरमा राति बाटो छेकेर लुटपाट गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति लप्सेफेदीको जंगलमा बसेर सिन्धुपाल्चोकका ज्ञानेन्द्रप्रसाद खतिवडालाई कुटपिट गर्दै साथमा रहेको नगद २५ हजार लुटेको अभियोगमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकबाट कुखुराको गाडीसँगै मोटरसाइकलमा काठमाडौं आइरहेका बेला खतिवडामाथि लुटपाट भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शंखरापुर-१ चौकिभन्ज्याङका अनिल लामा, बागधाराका पेम्वा लामा र जर्सिङ्पौका वीरेन्द्र वाईवा रहेका छन् ।

उनीहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि थप अनुसन्धानका लागि महानगरीय वृत्त बौद्ध पठाइकोे छ । खतिवडाले बिहान उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्