थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमित ३१२ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ नमुना परीक्षण गर्दा १०८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी काठमाडौं उपत्यकाका थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या३ सय १२ पुगेको छ ।

संक्रमित ३३ हजार ८ सय ८२ संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ९सय १८ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्