पत्रकार साहको हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ



काठमाडौं : कर्तव्य ज्यान मुद्दाका अभियुक्त हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।

पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न रहेको आरोपमा प्राविधिक अनुसन्धान तथा विशेष सुराकीको आधारमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बिहीबार दिउँसो करिब साढे २ बजे बाराको कोहल्वी नगरपालिका ४, सपही टोलमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको जनाएको छ ।

बारा जिल्ला अदालतले २०६८ जेठ १६ गते, पुनराबेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसलाले अभियुक्त कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबीमा रहेको थियो ।

बाराको इनर्वासिरा गाविस-९ बस्ने गिरीलाई २०६५ असोज १९ गते र बाराको खोपवा गाविस-८ बस्ने सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अदालतमा पेश गरिएकोमा उनीहरुलाई सर्वस्वसहित जन्मकैदको फैसला हुने भनिएको छ । बाराको गडहल गाविस-५ बस्ने कुन्दन भनिने नरेन्द्र २०७६ फागुन २५ गते पक्राउ परेका थिए ।

उनलाई बारा जिल्ला अदालतको फागुन २९ गतेको आदेशले पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्