नवलपरासीका सङ्क्रमित पुरुषको बुटवल अस्पतालमा मृत्यु



बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्