भारतमा ३ पुजारीको क्रुरतापूर्वक हत्या



एजेन्सीः भारतमा तीन जना पुजारीको क्रुरतापूर्वक हत्या गरिएको छ ।

कर्नाटक राज्यको मन्डया सिटीस्थित श्री अराकेश्वरा मन्दिरमा शुक्रबार विहान उनीहरुको हत्या भएको हो ।

तीनै जना पुजारी नातेदार हुन् । उनीहरु मन्दिरको सुरक्षाका लागि परिसरभित्रै सुत्ने गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरु सुतेको बेलामा हत्या भएको हो ।

हत्यामा तीन जनाभन्दा बढीको संलग्नता रहेको आशंका गरिएको छ । हत्याको उद्देश्य डकैती हुन सक्ने जनाइएको छ । मन्दिर परिसरमा पैसा गायब पारिएको छ ।

प्रकाशितः २६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्