भक्तपुरमा ३ शव घरभित्र भेटियो, हत्याको आशंका



काठमाडौंः भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । एउटा घरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो ।

शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेको प्रहरीले जनाएको छ ।

एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरामा तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको एसएसपी थापाले पुष्टि गरेका छन् ।

उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशितः २६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्