चुलबुल पाण्डेपछि ‘रज्जो इज ब्याक’



एजेन्सी : बलिउडको सफल फिल्म दबंग सिक्वेल ३ को सुटिङ सुरु भएको छ। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ‘दबंग ३’ को सुटिङ थालिसकेकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा यस फिल्मको फस्र्ट लुक सेयर गरेकी छन्। प्रभु देवानिर्देशित फिल्म ‘दबंग ३’ मा सोनाक्षीको लुक फिल्मको अघिल्लो पार्टमा झैं देख्न सकिन्छ। 

इन्स्टाग्राममा फस्र्ट लुक सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्– ‘रज्जो इज ब्याक, फ्रम दबंग टु दबंग थ्री’ 

यसअघि सलमान खानले यसै फिल्मको फोटो(फस्र्ट लुक) सामाजिक सञ्जालमा सेयर गरिसकेका छन्। फोटोमा सलमानले आफ्नो सटको कलरको पछाडि गग्स लगाएका छन्। फोटोमा सलमानको साथमा निर्देशक प्रभु देवा पनि देखिएका छन्। 

त्यहाँ उनले लेखेका छन् ‘डे – १ दबंग ३’ फिल्ममा सलमानको अपोजिट सोनाक्षी सिन्हा नै हुनेछिन्। उनले यसै फिल्मको पहिलो पार्टबाट बलिउड करिअर सुरु गरेकी थिइन्। केही समयअघि उनले ‘दबंग–३’ को सुटिङका लागि धेरै उत्साहित भएको बताएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्