मालीमा हतियारधारीद्वारा ८ जनाको हत्या



एजेन्सीः मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका छन् ।

मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा ८ जना मारिएका र अरु ३ जना नराम्ररी घाइते भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो । तर बुधबार ती अज्ञात व्यक्तिहरु निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली वर्साएका थिए ।

उनीहरुले सो गाउँका कैयौँ घरमा आगो लगाएका थिए । रातिको समयमा भएको सो हिंसामा गाउँलेहरुबीच त्रास फैलिएको थियो । हिंसा कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन ।

प्रकाशितः २७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्