चोरी मुद्दाका फरार ३ अभियुक्त पक्राउ



सुखडः जिल्ला अदालत कैलालीबाट चोरी मुद्दामा सजाय ठहर भएर फरार रहेका ३ अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका-४ माघीका निराजन चौधरी, दिपेन्द्र चौधरी र रबिन चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई घोडाघोडी नगरपालिका-५ डोके बजारबाट पक्राउ गरेको हो ।

उनीहरुमध्ये निराजनलाई १ लाख ५४ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद, दिपेन्द्रलाई ७७ हजार रुपैयाँ र १५ दिन कैद तथा रबिनलाई ७७ हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय अदालतले ठहर गरेको थियो ।

प्रकाशितः २७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्