भारतका पूर्वमन्त्री सिंहको निधन



नयाँ दिल्ली : भारतका पूर्व केंद्रीय मंत्री रघुवंश प्रसाद सिंहको आज बिहान दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । उनी केही दिनदेखि एम्सको आइसीयुमा भर्ना थिए । उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

केही दिनअघि मात्रै उनले लालु यादव नेतृत्वमा राष्ट्रि जनता दलको राष्ट्रिय उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । लामोसमयसम्म त्यस दलमा रहेका सिंह लालुका विशेष मित्रको रुपमा थिए । उनको निधनप्रति लालुले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्