भारतका गृहमन्त्री शाह तेस्रो पटक अस्पताल भर्ना



नयाँ दिल्ली : भारतका गृहमन्त्री अमित शाह तेस्रो पटक अस्पताल भर्ना भएका छन् । उनी एक महिनाको अवधिमा तेस्रो पटक अस्पताल भर्ना भएका हुन् ।

कोरोना संक्रमणबाट मुक्त भइ दुई साताअघि डिस्चार्ज भएका गृहमन्त्री शाह पुनः अस्पताल भर्ना भएका हुन् ।

श्वासप्रश्वासमा समस्या आएपछि शाह नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण देखिएको दुई सातापछि गरिएको परीक्षणमा उनी कोरोनामुक्त भएको पाइएपछि डिस्चार्ज भएका थिए ।

अहिले उनको स्वास्थ्य स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी अस्पतालले आधिकारिक वक्तव्य जारी गरेको छैन ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्