प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता



काठमाडाैं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ ।

गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेकपाभित्र जारी विवादलाई समाधान गर्दै पार्टीको आगामी कार्ययोजना तयार पारेको थियो ।

स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पुरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पुर्ण काम गर्ने, चैतमा महाधिवेशन गर्ने, संघीय र प्रदेश मन्त्रिपरिषद पुनर्गठन गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्