बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु



विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार कोरोनाबाट मृत्यु हुनेमा विराटनगर–१२ का ७० वर्षीय पुरुष रहेका छन् । भदौ १७ गते वीपीमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ः १८ बजे मृत्यु भएको सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरस्थित म्याक्स अस्पतालमा भर्ना भएका पुरुषको भदौ १६ गते प्रादेशिक जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा पीसीआर पोजेटिभ आएको थियो ।

योसँगै विराटनगरमा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्