इजरायलले कोरोना नियन्त्रणका लागि दोस्रो पटक लकडाउन गर्ने



एजेन्सी : इजरायलले कोरोना नियन्त्रणका लागि दोस्रो पटक लकडाउन गर्ने भएको छ ।

इजरायलले आउने शुक्रबारदेखि देशभर दोस्रो पटक लकडाउन गर्ने भएको बीबीसीले जनाएको छ ।
यस्तै यहुदीको नयाँ वर्षमा पनि कडा प्रतिबन्ध लागू हुने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो पटक पनि नागरिकले ठूलो मूल्य चुकाउन आवश्यक भएको बताएका छन् ।

लकडाउनको विरोधमा इजरायलका एक मन्त्रीले पदबाट राजीनामा समेत दिएका छन् । उनले सत्ताधारी पार्टीसँगको आफ्नो समर्थन पनि फिर्ता लिने बताएका छन् ।

९० लाख जनसंख्या रहेको इजराइलमा पछिल्लो समय दैनिक ४ हजार कोरोनाका नयाँ सङक्रमित थपिने गरेका छन् । साथै कोरोनाका कारण अहिलेसम्म एक हजार १ सय ८ जनाको ज्यान गइसकेको छ भने १ लाख ५३ हजार भन्दा धेरैमा सङक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्