रेल सेवामा शाखा अधिकृतसहित विभिन्न पदमा कर्मचारी माग



काठमाडौं : नेपाल रेल्वे कम्पनीले शाखा अधिकृतसहित विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

रेल्वे कम्पनील शाखा अधिकृत, स्टेसन मास्टर, सब–इन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, टिकट कलेक्टर, फोरम्यान, अमिन, टीटीई, हेल्परलगायत पदमा करारको लागि जागिर खुलेको हो ।

रेल सेवाका अनुसार आवेदन दिनका लागि योग्यता पुगेको इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आफ्नो विवरण पेश गर्नुपर्ने छ ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्